स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

12
SHARES
103
VIEWS

मंसिर -१६ स्याङ्जामा आज थप ४ जना कोभिड -१९ अर्थात् कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टिहुनेहरुमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ४ का १२ वर्षका पुरुष , वालिङ नगरपालिका वडा नम्बर ८ का ६८ वर्षिय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ३का ४५ वर्षका पुरुष र वडा नम्बर १ का ६५ वर्षीया महिला रहेका छन् । आज थप ४ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ७२६ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार