नेपालमा थप १४९० जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
106
VIEWS

मङ्सिर -१७ पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार