मंसिर -१७ स्याङ्जाका सरकारी तथा अर्ध सरकारी सेवामा कार्यरत कर्मचारीहरुले कोरोना संक्रमणको पुष्टि हुन आएमा १४ दिन सम्म बिदा पाउने भएका छन् । कोरोना संक्रमणका कारण क्वारेन्टिन वा आइसोलेसन अथवा अस्पताल भर्ना भै कार्यलयमा उपस्थिति हुन नसकेको प्रमाणित हुन आएमा बढीमा १४ दिन सम्मको अवधिलाई सार्वजनिक बिदा कायम गरिने भएको हो। कार्यरत कर्मचारी संक्रमित भएको अवस्थामा संक्रमितले क्वारेन्टिन वा आइसोलेसन अथवा अस्पतालमा भर्ना भएको तथ्य सम्बन्धित कार्यलयका कार्यलय प्रमुखबाट प्रमाणित गर्नु पर्ने व्यवस्था गरिएको छ। यो सुबिधा निजि संघ -संस्थामा कार्यरत कर्मचारीहरुका लागि पनि लागू हुने जिल्ला प्रशासन कार्यलय स्याङ्जाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नेपाल सरकार मन्त्रीपरिषदको गत मङ्सिर १० गते बसेको बैठकले सो निर्णय गरेको थियो। नेपाल सरकार मन्त्रीपरिषद द्वारा गरिएको निर्णय कार्यन्वयन गर्न र गराउन सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आग्रह गरेको छ।
Discussion about this post