पुतलीबजार नगरपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि

12
SHARES
99
VIEWS

मंसिर -१८ स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टिहुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५१ , २९ ,र ६१ वर्षका पुरुष र ६८ वर्षीया महिला महिला रहेका छन् । यस्तै गरि संक्रमित अर्का एक जना पुरुष पुतलीबजार नगरपालिकाकै वडा नम्बर ४ का ७६ वर्षका पुरुष रहेका छन् । आज थपिएका ५ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ७३१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार