भुवन रायमाझी,मंसिर- १८ जाडोले गुमुक्क पछ्यौरा ओढेर चाउरी परेका गालासंगै उज्यालो अनुहारमा नेपाल बैंक लिमिटेड छहरा शाखामा आएकी रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ बासडाँडाकी ७१ वर्षय अमृता अर्गाली सरकरले दिएको बृद्धाभत्ता बुझदै थिईन ।गाउँपालिकाले यो वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैङबाट प्रदान गर्न थालेपछी उनले ७१ वर्षको उमेरमा बैंक देखेको अनुभव सुनाईन। उनि जस्तै हातमा चेक लिएर नेपाल बैैंकमा छिरेका रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका ६२ वर्षका र्फस बहादुर नेपाली पनि बैंकमा पहिलो पटक पुगेको अनुभव सुनाए । उनिहरु जस्तै घण्टौ लाएर आफुहरुले पाउने भत्ता बुझ्न बैैंकमा आएका बृद्ध आमा बुबाहरुको खुशि हातमा तिन महिनामा प्राप्त हुने १२ हजारको भन्दा बैैंकमा आउँदा र आफ्नै हातमा पैसा पाउदाको मज्जा बेग्लै थियो ।तर पहिलो पटक बैङ पुग्नेहरुमा कोही खुशि देखिएका थिए भने कोहीलाई गाउँबाट बैैकसम्म आउन सास्ती भएको गुनासो गरेका छन ।
रैनादेवी छहरा गाउँ पालिकामा ८ वटा वडा छन् । सबै वडाबाट बैैंकमा आउन दिन बित्ने र समयमा बैंकमा काम नसकिने भएको कारण रात बिताउन परेको सोमादीबाट सामाजिक सुरक्षा भत्ता लिन आएकी मोतीकला नेपालीको गुनासो रहेको छ । रैनादेवी छहरा गाउँ पालिकाले गाउँपालिका भित्रका २८ सय ८६ जनालाई ३ वटा बैैंक मार्फत २ करोड ३६ लाख ९४ हजार ८ सय १७ रुपैया बितरण गर्ने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । अहिले दैनिक रुपमा छहरामा रहेको सिटिजन्स बैंक ग्लोबल आईएमई बैंक र नेपालमा भिडभाड मात्रै छैन। दिन बिताएर आफ्नो सुरक्षा भत्ता लिन आएका बृद्धहरुले सास्ती पनि पाएको देखिन्छ । कोरोना महामारीको बेला बैंकहरुमा देखिएको भिडभाडले कोरोना संक्रमणको जोखिम बढेको देखिन्छ ।
Discussion about this post