मङ्सिर -२० , पाल्पामा एक घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ। हिजो राती नौ बजे निस्दी गाउँपालिका वडा नम्बर १ राहुबनमा रहेको हुम बहादुर भण्डारीको खरले छाएको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो। राती नौ बजेको समयमा आगलागी भएकोमा स्थानीय बासिन्दाहरुद्वारा करिब दुई घण्टामा आगोलाई नियन्त्रणमा लिएको सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो। सूचना अधिकारी पचभैयाका अनुसार आगोलागीबाट घर , अन्नपात , लत्ता कपडा र गरगहना गरि करिब ७ लाख बराबरको क्षति भएको छ। आगलागी सम्बन्धि थप अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ।
Discussion about this post