राष्ट्रिय संगितकर्मी संघको डान्सबार र दोहोरी साँझ सञ्चालन गर्न माग

14
SHARES
113
VIEWS


मंसिर-२० काठमाण्डौ।राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको नेतृत्वमा श्रमजिवी कलाकारको रोजीरोटीका लागि दोहोरीसाँझहरु सम्पूर्ण सुरक्षा अपनाई खुलाउनु पर्छ भन्ने माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पहिलोचरणमा प्रेस बिज्ञप्ती जारी गरि अन्य ब्यबसाय जस्तै दोहोरी साँझहरु पनि खुलिनुको कुनै बिकल्प नभएको भन्दै अब पनि दोहोरी साँझहरु नखोलिए दोहोरीसाॅझमा आश्रित कलाकारहरुको दैनिक जीवन थप कष्टप्रद र जटिल हुने अबस्था आउने जस्का कारण उनीहरु आर्थिक मानसिक र शारिरीक रुपमा बिचलित हुने अबस्था आउन सक्ने तर्फ सम्बन्धित निकायलाई सचेत भैईदिनुहुन आग्रह गरेको छ । संघले कास्की जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउदै कलाकारहरुको दैनिकीलाई सहज गराईदिन हुन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले माग प्रति सकारात्मक रहेको भन्दै प्रक्रिया पुर्याएर छिटै खुल्ने जानकारी दिनुभएको छ। यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृश्वीसुब्वा गुरुङलाई पनि ध्यानाकर्षण पत्र बुझाएको कुरा सचिव बालकृष्ण वाग्ले हामीलाई जानकारी गराउनु भएको थियो। मागहरु पुरा नहुन्जेल चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन जारी रहने कुरा प्रबक्ता पूर्ण वाग्ले इतिहासले जानकारी दिनुभयो। पदाधिकारीको उल्लेख सहभागी रहेको उक्त कार्यक्रमको नेतृत्व अध्यक्ष कृष्ण प्रसाद गौतमले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार