आलम देवी मन्दिरमा पूजाआजा र दर्शन गर्न निषेध

12
SHARES
100
VIEWS

मङ्सिर -२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलम देवी मन्दिरमा पूजाआजा तथा दर्शनका लागि रोक लगाइएको छ। कालीगण्डकी गाउँपालिकाका विभिन्न वडाहरुमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेकोले आजबाट पूजाआजा तथा दर्शनका लागि रोक लगाइएको आलम देवी मन्दिर पूजा व्यवस्थापन समितका सचिव प्रथ थापा मगरले जानकारी दिनु भयो। स्याङ्जा जिल्लाको सय गन्तव्य स्थानहरु मध्ये एक स्थान आलम देवी मन्दिरमा कोरोना संक्रमणको जोखिमका बिच पनि दर्शन तथा भाकल बलिकालागी यहाँ आउने क्रम जारी रहेको थियो। अर्को सूचना जारी नहुदा सम्म मन्दिर दर्शन तथा बलि चढाउने कार्य बन्द गरिएको आलम देवी मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन उक्त निर्णय गरिएको समितिले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार