गुल्मी च्युरेक बासीलाई दशकौ देखि खानेपानीको सास्ती

16
SHARES
133
VIEWS


चिरन्जिवि ज्ञवाली,मङ्सिर २१।
ढाइ दशक अघि गाऊँ भन्दा सात किलोमिटर टाढाबाट ल्याएकाे खानेपानीकाे स्राेत सुक्न थालेपछि रुरु क्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक गाउँका वासिन्दाहरुलाइ पानीकाे समस्या ले पिरलेकाे छ ।
विक्रम सम्वत २०५१ /०५२ सालतिर बलेटक्सारकाे अामपाेखरा तल जनै ढुँगा बाट फिनिडा प्राेजेक्ट काे अार्थिक तथा प्राविधिक सहयाेग र स्थानिय वासिन्दाकाे जनस्रमदान बाट च्युरेककाे उपल्लो भेग खाेल्टे पनियाेरका रुख ठुलापाेखरा विसाैना दाेबाटा लगाएतका ठाउँ हरुमा धारा निर्माण गरि पिउने पानीकाे व्यवस्था मिलाइएकाे हाे ।
च्यूरेक वासि जनताले अत्यधिक मेहनत गरेर ल्याएकाे खानेपानी याे ढाइ पछि स्राेतमा कमि हुनुका साथै अावस्यक बजेट व्यवस्था नहुँदा मर्मत सम्भारमा कठिनाइ भएकाे छ भने २५ वर्ष अगाडी गाडिएका पाइप हरु जिर्ण भएकाे र ठाउँ ठाउँमा कामै नलाग्ने अवस्था मा रहेका छन ।
याे खानेपानी अायाेजना अघि विक्रम सम्वत २०११ सालमा गाेकर्ण राज शास्त्रीकाे पहलमा ल्याइएकाे थाेर्गा खानेपानीले जडान गरेका धाराबाट च्यूरेकी जनताका लागि पिउने पानीकाे अापुर्ती हुने गर्थ्याे ।
पछि थाेर्गा खानेपानीकाे स्राेतमा पानीकाे कमि देखिए पछि स्यालपाेखरी सम्म थाेर्गा खानेपानी र च्यूरेक क्षेत्रमा जनैढुँगा खानेपानी अायाेजनाले पिउने पानी उपलब्ध गराउन थाल्याे ।
यतिबेला च्युरेक क्षेत्रकाे उपल्लो भेगका करिब एक सय घर धुरी यहि जनैढुँगाकाे पिउने पानीमा निर्भर छन ।
धाराेमा पालाे गरेका छौँ कहिले अाउँछ कहिले अाउँदैन कहिले पालाे अाउँदा अाउँदै पानी मर्छ रुरु १ च्यूरेक ठुलापाेखरा कि दुर्गा पौडेलले बताउनु भयाे ।
सँगैकाे भट्कुवा खानेपानी अायाेजना मा सरकारकाे कराेडौँकाे बजेटमा लिफ्टिँग मार्फत एक घर एक धारा काे व्यवस्था भएकाे छ भने थाेर्गा खानेपानी अायाेजनाले करिब चार सय उपभोक्ताका लागि लिफ्टिँग मार्फत पिउने पानी बितरण गर्दा उपल्लो च्यूरेक वासि हरु काकाकुलकाे अवस्था अाउने हाे कि भन्ने चिन्तामा छन ।
च्यूरेक गाऊँकाे पिउने पानीकाे व्यवस्थापनका लागि माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका स्वकीय सचिव जँग नेपाली मार्फत निवेदन पेश गरेकाे यश क्षेत्रका सन्चार कर्मी कृष्ण अन्जानले बताउनु भयाे ।
लिफ्टिँग खानेपानीकाे व्यवस्था ,स्थानिय विसौना क्षेत्रमा प्राथमिक स्वास्थ केन्द्रकाे स्थापना ,च्युरेक हाेमस्टेकाे स्थापनाका लागि अावस्यक पहल र फलाँटे ठुलापाेखरा सडक स्तराेन्तिका लागि अावस्यक पहलका लागि सम्पुर्ण च्युरेक वासिका तर्फबाट स्वकीय सचिव जँग नेपाली मार्फत माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली रिडीमा कालिगण्डकी करिडाेरकाे शिलान्याश गर्न अाउँदा निवेदन पेश गरेकाे र अाफुले मन्त्री समक्ष पेश गर्ने स्वकिय सचिव नेपालीले अाश्वासन दिनु भएकाे रुरुका पत्रकार कृष्ण अन्जानले बताउनु भयाे ।
जनताका अाधारभुत अावस्यक्ता भित्र पर्ने पिउने पानी स्वास्थ्य तथा सडक लागाएतका विषयमा सबै क्षेत्रमा राज्यको ध्यान जानू पर्ने र पहुँचकाे अाधारमा हाेइन अावस्यक्ताकाे अाधारमा विकास गरिनु पर्ने च्युरेकवासिकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार