बिरुवा गाउँपालिका द्वारा एम्बुलेन्स सेवा सञ्चालनमा: स्वास्थ्य क्षेत्रमा सुधार गरिदै

14
SHARES
116
VIEWS

मङ्सिर -२२ , स्याङ्जाको विरुवा गाउँपालिका स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्ने क्रममा रहेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने हेतुले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको आन्तरिक कार्यक्रम अन्तर्गत करिब ११ लाख लागतमा एम्बुलेन्स सेवा सञ्चानमा ल्याइएको विरुवा गाउँपालिकाका प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो । यस्तै गरि स्वास्थ्य क्षेत्रमा सुधार गर्ने गाउँपालिकाको कार्यक्रम अन्तर्गत गाउँपालिकाका वडा नम्बर २ र ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि यहि आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । पालिकाले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ कोरोना अस्पताल पनि सञ्चालनमा ल्याएको छ। उक्त अस्पतालमा एमबीबीएस डाक्टर र दक्ष नर्स द्वारा स्वास्थ्य सेवा प्रदान भैरहेको गाउँपालिकाले जानकारी दिएको छ। १२ वटा बेड क्षमता रहेको गाउँपालिकाको कोरोना अस्पतालबाट अहिलेसम्म ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो अपडेट अनुसार बिरुवा गाउँपालिकामा सक्रिय संक्रमितको सङ्ख्या भने शुन्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार