स्याङ्जा मङ्सिर -२२ नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभियान‘लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि शुरु भएको छ। यो अभियान देशभर विभिन्न किसिमका सचेतनात्मक कार्यक्रम गरि अगाडि बढाइएको छ। अभियानकै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान तथा सचेतना कार्यक्रम सोमबार गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सम्पन्न गरेको छ। एकै दिन दुई वटा वडामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले गर्नु भएको थियो। १६ दिने अभियान तथा सचेतना कार्यक्रममा लैङ्गिकता , लैङ्गकि हिंसा , लैङ्गकि हिंसाका प्रकार , यस्को इतिहास , बिद्यमान स्वरुप ,यस्का निराकरणका उपायहरु र सामाजिक दायित्वका बारेमा सहभागी महिलाहरुलाई प्रशिक्षण दिइएको कार्यक्रमका प्रमुख प्रशिक्षक दिपक बिश्वकर्माले जानकारी दिनुभयो। वडा नम्बर १ , २, ३ , ४ र ७ मा क्रमशः प्रशिक्षण प्रदान गरिने प्रमुख प्रशिक्षक बिश्वकर्माले जानकारी दिनुभयो। वडा नम्बर ५ मा सञ्चालन भएको कार्यक्रममा सभापति मन्धरा पाण्डे रहेका थिए भने वडा नम्बर वडा नम्बर ६ मा कोमाय सोमै रहनु भएको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन भिम श्रेठले गर्नु भएको थियो भने सह प्रशिक्षकको रुपमा भागिरथ अधिकारी रहनु भएको थियो।
Discussion about this post