मङ्सिर -२३ ,स्याङ्जामा आज थप ५ जना गरि कुल कोरोना संक्रमितको सङ्ख्या ७५१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको नियमित कोरोना अपडेट अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा चापाकोट नगरपालिका वडा नम्बर ८ का ३२ वर्षका पुरुष , पुतलीबजार नगरपालिकाका १५ वर्षका पुरुष ,वालिङ नगरपालिकाकि ४५ वर्षीया महिला र २२ , ४० वर्षका पुरुष रहेका छन् । स्याङ्जाको पछिल्लो कोरोना अपडेट अनुसार हाल सम्म स्याङ्जामा ६९७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ४१ जना आइसोलेसनमा रहेका छन् ।
Discussion about this post