पाल्पामा नवजात शिशुलाई खोल्सामा फाल्ने युवती पक्राउ

13
SHARES
108
VIEWS

मङ्सिर -२३ पाल्पामा प्रहरीले नवजात शिशुलाई खोल्सामा फाल्ने युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नम्बर १४ घर भइ बगनासकाली गाउँपालिका वडा नम्बर ३ माइती घरमा बस्दै आएकी २६ वर्षकी हुमा कमारी दर्जी रहेकी छिन् । जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार गत १८ गते बगनासकाली गाउँपालिका वडा नम्बर १ खोरबारी हेल्थ पोस्ट नजिकै मृत अवस्थामा नवजात शिशु फेला परेको थियो। भर्खरै जन्माएर फालिएको जस्तो देखिने शिशु ( छोरा) मृत अवस्थामा फेला पारिए पश्चात् सो घटना सम्बन्धि अनुसन्धान गर्दै जादा हुमा कुमारी दर्जीलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। आरोपित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पचभैयाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार