कालीगण्डकी नदी तथा रिडी खोला नियन्त्रण आयोजनाको मुख्यमन्त्री पोख्रेलद्वारा शिलान्यास

24
SHARES
196
VIEWS


चिरन्जिवि ज्ञवाली,मंसिर-२३ गुल्मी।
रुरुक्षेत्र समग्र विकासको लागि लुम्बिनी प्रदेश गौरवको आयोजना मध्येको सबै भन्दा ठूलो बृहत रुरु क्षेत्र बिकास परियोजना अन्तर्गत रुरु पर्यटकिय क्षेत्रमा कालीगण्डकी नदि तथा रिडी खोला नियन्त्रण आयोजनाको लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय शंकर पोख्रेल बाट एक कार्यक्रमका साथ शिलान्यास भएको छ। भु-तथा जलाधार ब्याबस्थापन कार्यालय, अन्तर्गत रुरु पर्यटकीय क्षेत्रमा कालीगण्डकी नदि तथा रिडी खोला नियन्त्रण परियोजना अन्तर्गतको कार्यक्रममा लुम्बिनी पर्यटन मन्त्री लिला गिरि ,प्रदेश संघिय संसद सोम प्रसाद पान्डे ,पुरन बज्रचार्य, सासंद कमलराज श्रेष्ठ ,सासंद नारान आचार्य कुलाराम घर्ती तानेसन नगर प्रमुख असोक साही कार्यबाहक प्रमुख पाल्पा मिरा मरासीनी कालीगण्डकी गाउँपालिका अध्यक्ष खेम थापा,उपाध्यक्ष साबित्रा कोईराला, कालीगण्डकी गाउपालिका १ नं वडा अध्यक्ष शोभिलाल चौतारे,रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,जिल्ला समन्य समिती उपप्रमुख तु्लसी श्रेष्ठ,गुल्मी नेकपा अध्यक्ष तथा छत्रकोट गाउँपालीका अध्यक्ष मधु कृष्ण पन्त ,सत्यवती गाउँपालीका उपाध्यक्ष सुवर्ण साही,नेकपा नेता गुल्मी बालसिंह काउछा,मदन भण्डारी स्पोर्ट एकेडेमी तथा रुरुका चिरन्जिवि ज्ञवाली, रुरु क्षेत्र गाउँपालिका रिडिका बरिष्ठ समाजसेवी ब्यक्तित्व सुन्दर भण्डारी लगायतको सम्मान साथ उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य योजनाकार तथा समिति संरक्षक सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको बजेट कार्यन्वन देखी योजनाको भुमिका रहेको सगुन कन्सट्रकसन का प्रबन्धक सहदेव खड्काले जानकारी दिनुभयो। अर्को एक छुट्टै औपचारिक कार्यक्रममा कार्यलय प्रमुख समिति योजना कार्यन्वयन सहजिकरण संयोजक हिमाल श्रेष्ठ द्वारा रुरु क्षेत्र मैदानमा सम्पन्न भएको हो। आयोजनाको कुल बजेट हाल ९ अर्बको रहेको आयोजनालाई सगुन कन्ट्रकसनले जिम्मा लिएको छ। ९ अर्बको बजेटलाई लिएर गुल्मी पाल्पा स्याडंजाका ५० हजार मानिस लाभान्बित भएको कार्यक्रममा पाईयो। २४ महिनामै सक्ने लक्ष्य रहेको ५ नं प्रदेशमै उत्कृष्ठ आयोजनाको कार्य रहेको निर्माण ब्यबसायी रोशन भण्डारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार