पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएका छन् । शनिबार बेलुकी सवा ७ बजेको समयमा माथिबाट खसेको ढुंगा लागेर बुटवलबाट पाल्पा आउँदै गरेको लु २ च ४११५ नम्बरको जीपमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३२ वर्षिय चुरामणी न्यौपाने, तिनाउ गाउँपालिका–२, दोभानका ५३ वर्षका लक्ष्मण श्रेष्ठ र सोही स्थानकी ४५ वर्षकी लक्ष्मी श्रेष्ठ घाइते हुनुभएको हो ।उहाँहरु तीनै जनाको उपचार लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । थप जानकारीका लागि दोभान प्रहरी चौकीबाट प्रहरी निरीक्षक सोमबहादुर सारुको नेतृत्वमा प्रहरी खटाइएको छ ।
यसैबीच दोभान क्षेत्रको दुई स्थानमा सडक भासिएर ठूला सवारीसाधन संचालनमा अबरोध भएको छ । शनिबार बिहानैदेखि सडकमा साना सवारीबाहेक ठूला सवारी संचालन हुन नसकेको प्रहरीले जनाएको छ ।
स्रोत: इ – रानीमहल
Discussion about this post