तिनाउमा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम

14
SHARES
114
VIEWS

बिष्णु पाण्डे मङ्सिर -२४ तिनाउ गाउँपालिकामा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्वन्धि निति अनुरुप सरकारी कार्यालयको कामकाज पारदर्शि र वैज्ञानिक ढंगले कार्यसम्पादन गर्न अनलाईन प्रणाली मार्फत राजस्व सँकलन गर्न कर्मचारीहरुलाई उक्त सफ्टवेर सम्वन्धि तालिम सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले बताउनुभयो ।
तलिममा पालिकाभित्रका सबै वडा सचिव र वडा सहायक, गाउँपालिकाको लेखा प्रशासन र राजस्वका कर्मचारीहरुको सहभागिता रहेको थियो । २ दिनसम्म चलेको उक्त तालिममा उपाध्यक्ष दयमन्ति थापा , प्रबक्ता राजेश श्रेष्ठ ,लेखा अधिकृत शंकर पुरी लगायतले राजस्व सँकलन अलनाईन प्रणलिको आवश्यकता र महत्वबारे आ-आफ्नो विचार राख्नुभएको थियो । तालिमको सहजिकरण सुचना प्रवधि अधिकृत तुल बहादुर घर्तिले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार