एसआरडि पाल्पाले रैनादेवी छहरामा बार्षिक समिक्षा सहित दुइ भवन बनाउन समझदारी पत्रमा हस्ताक्षर

16
SHARES
136
VIEWS

मंसिर २५,पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सामाजिक स्रोत बिकास केन्द्र पाल्पाले एक वर्ष भित्र गरेका कामको समिक्षा गरेको छ । बिगत लामो समय देखि सामाजिक स्रोत बिकास केन्द्र पाल्पाले सामाजिक क्षेत्रमा काम गरेर विपन्न क्षेत्रको आर्थीक सामाजिक र भौतिक पक्षमा योगदान दिदै आएको छ ।सोही सस्थाले रैनादेवी छहरा का २ वटा वडा भुवनपोखरी र सिद्धेश्वरमा एक वर्ष भित्र बिभिन्न क्षेत्रमा आफुहरुले गरेको काम प्रभावकारी रुपमा भएको संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरिले बताउनु भएको छ । समिक्षा कार्यक्रम गदै संस्थाका कार्यकारी निर्देशक गिरि गााउँपालिकाकाा अध्यक्ष बिच गाउँपालिकाको २ वटा वडाहरुमा १ करोड बढी आर्थीक सहयोगमा भुकम्प प्रतिरोधी विद्यालय भवन निमार्ण गर्ने कुरामा समेत सम्झौता भएको छ ।भुवनपोखरीको जोगबाणीमा ८६ लाख १० हजार को चारकोठे भवन र सिद्धेश्वरको भुटुकदेवी प्राविमा ९९ लाख १० हजार बराबरको ४ कोठे भवन बनाउन दुई पक्ष बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।ईटालिएन नागरिको ब्याक्तीगत सहयोगमा बन्ने दुइ भवन सम्झौता भएको २१ महिना भित्र सम्पन्न हुने सस्थाले जनाएको छ ।
कुमाल समुदायका बालबालिका हरु शिक्षा बाट बन्चीत नहुन् भन्ने उदेश्यले बालमैत्री बातावरण शिक्षण सिकाईमा सहज कम्प्युटर ल्याव र बाल उध्यान सहितका कक्षा निमार्ण हुने ईन्जीनीएर नर बहादुर थापाले जानकारी गराउनु भयो ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले सरकारले गर्ने काम सामाजिक सस्थाहरुले गरेकोमा धन्यबाद दिदै पछाडी परेको समुदायहरु लाई माथी उठाउन महत्पुर्ण काम गरेको बताउनु भयो । गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले ठुलो लगानीमा गाउँपालिका भित्र बन्न लागेको बिधालयका भवनहरु गुणस्तीय र तोकीएको समयमा काम पुरा गराउन आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।
कार्यक्रम गाउँ पालिकाकी उपाध्यक्ष चेत कुमारी थापा वडा अध्क्षहरु सम्बन्धीत दुई बिधालयका प्रअ तथा बिधालय ब्यावस्थापन समिति र सरोकारवाला निकाएहरुको उपस्थीत रहेको थियो ।सस्थाले कोरोना भाईरस नियन्त्रण होस भनेर सेनीटाईजर साबन मास्क लगाएतका स्वास्थ्य सामार्गी समेत बिधालयहरु लाई प्रदान गरेको थियो कार्यक्म सन्चालन पितम्बर बस्यालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार