मन्दिरको प्रवेश द्वार निर्माणका लागि प्याथ दम्पती द्वरा ५० हजार सहयोग

13
SHARES
109
VIEWS

चुरामणी तिमिल्सिना मङ्सिर -२६ समाजमा हिजोआज जन्म दिन फरक-फरक कार्यक्रम गरि मनाइएको देखिन्छ । कसैले केक काटेर , भोज भतेर गरेर ,कसैले असहायलाई सहयोग गरेर कसैले शैक्षिक सामग बितरण गरेर त कसैले मठ मन्दिरमा सहयोग गरेर मनाएको देखिन्छ । प्रायगरि समाजमा परिबतन गर्न सबैले जन्म उत्सबलाई सहयोगको कार्यक्रम गरेको देखेर आफूले पनि यसको शुभ अवसर पारेर यसै गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ३ भालु पानीमा निर्माण गर्न लागिएको दुर्गा भगवती मन्दिरको प्रवेश द्वार निर्माण कार्यका लागि बुटवल सुख्खा नगर निवासी एबि काष्ठकला उद्योगका प्रो-प्राइटर ,समाजसेवी , धार्मिक प्रेमी मोहन बिक्रम प्याथ र सुमिता प्याथले आज आफ्नो छोरा बिकास प्याथको जन्म दिन्को अवसर पारेर गेट निर्माण कार्यका लागि रु ५० हजार सहयोग गरेको बताउनुभयो ।आफ्नो पुर्खौली घर काठमाडौ भए पनि आफ्नो व्यवसायका लागी बुटवलमा रहेको र सामाजिक सम्पदा निर्माण कार्यका लागि निरन्तर जुट्न पाउँदा आफू खुशी भएको र संसार यसैमा रहेको मोहनको भनाइ छ । मोहनले आफूले थुप्रै सामाजिक कार्यका लागि अधिकांश क्षेत्रमा सहयोग गरेको बताउनु भयो । आफ्नो कम्पनीले पाल्पा ,गुल्मी, स्याङ्जा , अर्घाखाँची ,काठमाडौ , भक्तपुर ललितपुर र तनहुँ लगायतका जिल्लाहरुमा अहिले सम्म सफलता प्राप्त गरेको सुमिताले बताउनुभयो । यस्तै काष्ठकला उद्योग सञ्चाल गरेर निरन्तर समाजलाई पनि सेवा प्रदान गरेको भन्दै नेपाल सरकार विभिन्न कार्यलयबाट सम्मानित भएको बताउनुभयो ।यस सम्मानलाई सरकारले आफुलाइ थप हौसला प्रदान गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार