लोप हुदै पुर्ख्यौली पेशा

17
SHARES
142
VIEWS


चिरञ्जीवी ज्ञवाली,गुुुल्मी (मंसिर-२८) जिवनका त्रिहत्तर वर्ष पार गरेका ज्याेति दमाई आजभाेलि आफ्नाे पुर्ख्यौलि थलाेमा खन खाेरसमा दिन कटाउनु हुन्छ । कुनै समय थियाे ज्याेति दमाइले दमाहा बजाउन थालेपछि गाउँमा के हुँदैछ भन्ने सँकेत हुन्थाे र दमाहाले गाउँलेकाे ध्यान केन्द्रित गरेपछि हाक हालेर वहाँले सुचना सम्प्रेषण गर्नु हुन्थ्यो ।२००४ सालमा रुरुक्षेत्र १ काे च्युरेक गाउँमा जन्मनु भएका ज्याेति दमाई ले अाफु ११ वर्षकाे हुँदा २०१३ सालबाट बाबुबाजेले धानेकाे कटुवालकाे जिम्मेवारि लिनु भएकाे हाे ।ज्याेति दमाई भन्दा पहिले वहाँकाे वाउबाजे काे छैटौँ पुस्ताले च्युरेकमा हाक हालेकाे इतिहास छ र ज्याेति दमाई सातौँ पुस्ताका कटवाल हुनुहुन्थ्यो र यहि पुस्ताबाट हाक हाल्ने कामकाे अन्तत्य भएकाे छ ।निशुल्क स्वयँसेवा काे काममा रहेकाे याे पेशा मा गाउँमा कसैले निमेक दिइहाले लिने तर खासै केही नलिइकन अाफुले बाबुबाजेकाे पेशा सम्हालेकाे वहाँ बताउनु हुन्छ । गाउँका बाटा घाटा विध्यालय पाौवा खानेपानी लगाएत विकास निर्माणमा गाउँलेलाई जुटउनेकाम कटुवालकै हुने गर्थ्याे । पुर्खाले धेरै शताव्दि याे काम गरेकाे याे परिवारमा ज्याेति दमाइले करिब ६५वर्ष च्युृरेक गाउँमा हाक हालेर बिताउनु भएकाे छ ।
गाउँका सभा सम्मेलन गाउँसभा र विकासे कामका अाम भेला र बाटाे घाटाे कुला पधेरा विध्यालय बनाउन हाकहालेका ज्याेति दमाई घरमुनिकाे बाटाे ले घर जाेखिंममा परेपछि पिडामा हुनुहुन्छ ।
लामाे समय हाकहालेका ज्याेति दमाई गतवर्ष बाट याे कामबाट बिदा लिएपनि राज्यले अाफ्नाे पेशाकाे सम्मान नगरेकोमा दुखि हुनुहुन्छ ।नजिकैकाे थानपतिमा कटवालकाे पेशाबाट बिदा लिँदा कटवाल बिरबहादुर परियारलाई सम्मान गरेकाे सुनेकाे छु तर मलाइ कसैले साेधखाेज गरेन दुखि हुँदै ज्याति दमाई ले भन्नु भयाे । हामिले राज्यले केही देअाेस भनेका छैनौँ मात्र सातौँ पुस्ता सम्म हाम्राे परिवारले गरेकाे कटवाल पेशाकाे सम्मान हुनुपर्छ एउटा प्रमाणपत्र भए पनि पायौँ भने पछिल्लो पिँढीले हाम्रो पुस्ताले याे काम गरेकाे रैछ भनेर सम्झने थियाे वहाँ ले गुनासाे पाेख्नु भयाे।
निश्चय पनि पुरानाे कटुवाल प्रथाबाट बिदा लिँदै गरेका ज्याेति दमाई कटवाल प्रथाका जिउँदा इतिहासकाे सम्मानमा राज्यले ध्यान दिनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार