स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
111
VIEWS

मङ्सिर -२८, स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका ३०,२० र ४० वर्षका पुरुष र गल्याङ नगरपालिकाका ३० वर्षका पुरुष रहेका छन् । आज संक्रमणको पुष्टि हुने सवै कन्ट्याक्ट् ट्रेसिङ्गका क्रममा पहिचान भएका हुन् । आज थप ४ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ७६४ जना पुगेको छ। जस मध्ये ७१० जनाले कोरोना जितेर घर फर्किसकेका छन् । स्याङ्जाको पछिल्लो कोरोना अपडेट अनुसार हाल स्याङ्जामा ३४ जना जिल्लाका विभिन्न कोरोना आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार