पाल्पामा टिप्पर दुर्घटनामा परि एक जना गम्भीर घाइते

12
SHARES
103
VIEWS

मङ्सिर -३० पाल्पामा पछिल्लो समय टिप्पर दुर्घटनाका घट्ना बढ्न थालेको छ। आज दिउँसो माथागढी गाउँपालिका वडा नम्बर ५ धामीगाउँबाट चुन ढुङ्गा लिएर भैरहवा तर्फ जादै गरेको टिप्पर दुर्घटनामा परेको हो। लु १ क ३५३७ नम्बरको टिप्पर सडक देखि करिब ५० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभ्यो। दुर्घटनामा परि माथागढी गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षका झमन सिंह रेस्मीमगर घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी पचभैयाले जानकारी दिनुभयो। पचभैयाका अनुसार घाइतेलाई उपचारका लागि देवदह मेडिकल रुपन्देही पठाइएको छ। घाइते रेस्मी मगरको अवस्था गम्भीर रहेको छ भने दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार