सुरेस गोदारको कप्तानीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट खेलाडी छनोट

14
SHARES
114
VIEWS


बिष्णु पान्डेय
पाल्पा मंसिर ३० आगामी पुस ११ गतेदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाले पुरुष टोलीको घोषणा गरेको छ ।

यहि मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनु भयो ।
छनोट भएका खेलाडीहरुमा सुरेश गोदार कप्तान राजेन्द्र मान साक्य , सागर थापा क्षेत्री मनिष न्यौपाने ,शिव शर्मा ,नरेश कुमार सार्की नेपाली, रुपेश बश्याल,श्रीधर बश्याल ,केशव पराई ,नवीन तारा बश्याल ,प्रकाश तिमिल्सिना ,समीर मल्ल , रुपेश बश्याल,नवीन भुसाल त्यस्तै वैकल्पिक खेलाडीमा बेल मगर सुदिप जिसि ,आशिष लोहोनी आशिष बराल ,सरण रसाली टोली प्रशिक्षकमा ओम थापा र र व्यवस्थापक दिपक घिमिरे रहनु भएको छ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर भित्र जिल्लाको टोली छनोट गर्ने निर्देशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार