पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

12
SHARES
102
VIEWS

मङ्सिर -३० पाल्पामा जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । बगनासकाली गाउँपालिका वडा नम्बर ५ सुनादी स्थित भित्रि कच्ची सडक खण्डमा राम्दीबाट सुनादी गाउँतर्फ जाँदै गरेको पिकअप जिप करिब ५०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। लु १ च ५४६५ नम्बरको पिकअप जिप ब्रेकफेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो। जिप दुर्घटनामा परि जिपमा सवार ६ जना नै घाइते भएको सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते हुनेहरुमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षका बिनोद तिवारी , बगनासकाली गाउँपालिका वडा नम्बर ५ का १८ वर्षका मनिष भट्टराई , वर्ष १९ कि दुर्गा भट्टराई , वर्ष २२ कि भगवती भट्टराई , वर्ष २२ कि दुर्गा भट्टराई र वर्ष २३ मन्जु भट्टराई रहेका छन् । घाइते सवै जनाको अवस्था मध्यम रहेको र उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको छ। सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार