तिनाउ गाउपालिकाको वास योजना तयार

19
SHARES
161
VIEWS


बिष्णु पान्डेय
पाल्पा ३०, मंसिर
तिनाउ गाउपालिकाले पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम सम्बन्धि योजना (वास योजना)तयार गरी पुस्तिकाको रुपमा सार्वजनिक गरेको छ । उतm वास योजना पुस्तिका एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले सार्वजनिक गर्नुभएको हो ।
वास योजना तयार गर्न गाउँपालिका तथा वडा स्तरीय कार्यकाल गठन गरी गणकहरु मार्फत तथ्याङक सँकल गरीएको थियो । खानेपानी योजनाहरु र सरसफाई सम्बन्धि प्राप्त तथ्याङकहरु वडा र पालिकामा छलफल गरी वास योजना पुस्तिका तयार गरीएको हो । गाउँपालिकाले तयार गरेको वास योजना अनुसार खानेपानि तथा सरसफाईको कार्यक्रम सञ्चालन गरीने गाउँपालिका अध्यक्ष घर्तिले बताउनुभयो । वास योजना सार्वजनिक कार्यक्रममा उपाध्यक्ष दयमन्ति थापा, प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु त्था कार्यपालिका सदस्यहरु , वास फोकल पर्सन कृष्ण कार्कि ,गाउ पालिका प्रविधि सुचना अधिकारी तुल बहादुर घर्तिमगर लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार