स्याङ्जाका ७२३ जनाले कोरोना जिते

13
SHARES
106
VIEWS

पुस – २ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाका ७२३ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । स्याङ्जामा हल ३७ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । यस्तै गरि आज स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज थपिएका संक्रमितहरु वालिङ नगरपालिका वडा नम्बर १ का २२ वर्षका पुरुष र वडा नम्बर ६ का ७८ वर्षका पुरुष , हरिनास गाउँपालिका वडा नम्बर वडा नम्बर २ का ३५ वर्षका पुरुष र पुतलीबजार नगरपालिका वडा नम्बर ११ का ३० वर्षका पुरुष रहेका छन् । आज १५ वटा नमूना परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार