पुष -३ डिसहोम डिलर दाइको अफर अन्तर्गत बार्षिक रिचार्ज गरि लक्की ड्र मार्फत रु १ लाख बिजेता बन्न सफल कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा गवदी निबासी श्री खुम बहादुर थापालाई आज एक कार्यक्रमका बिच रु एक लाख बराबरको चेक हस्तान्तरण गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कालीगण्डकी डिसहोम सेन्टरबाट वार्षिक डिसहोमको रिचार्ज गर्दा थापा मगरले लक्की ड्र मार्फत एक लाख जित्न सफल हुनुभएको थियो। कालीगण्डकी डिसहोम सेन्टरको प्राङ्गणमा आयोजित एककार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला द्वारा उक्त रकम हस्तान्तरण गरिएको वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनुभयो।
Discussion about this post