गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

13
SHARES
109
VIEWS

पुस -३ गण्डकी प्रदेशमा आज ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४२३ वटा नमूना परिक्षण गरिएकोमा ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै भन्दा बढी कास्कीका ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस्तै गरि संक्रमित हुनेहरु स्याङ्जाका ३ जना , तनहुँका ६ जना , पर्वतका ५ जना र म्यादीका २ जना रहेका छन् । आज थप ७१ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १३ हजार ७३६जना पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८७ पुगेको छ। प्रदेशमा हाल १५९२ जना कोरोना सक्रिय बिरामी रहेका छन् भने ११ हजार ९५७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार