गुल्मीका किसानहरु ब्याबसयिक बन्ने क्रममा अगाडी

17
SHARES
145
VIEWS


चिरञ्जीवी ज्ञवाली,पौष-३ गुल्मी।
रुरुक्षेत्र गाउँ पालिका वडा न ३ थाेर्गा फेक्लदिका किसान लेखनाथ गौतम हरेक हप्ताको विहीवार मा सन्चालित पैँचाे पसल मा डेाका भरि तरकारी बाेकेर अाउनु हुन्छ । केही वर्ष देखि बारिमा उत्पादन भएका तरकारी बेच्न नजिकैका बजारमा धाउने झन्झटबाट गौतम मुक्त हुनुभएको मात्र छैन व्यवसायीक किसानकाे रुपमा गाउँमा स्थापित हुनु भएकाे छ ।
थाेर्गाकाे स्यालपाेखरीमा पैँचाे पसलले अाफ्नाे सँकलन केन्द्र खाेलेपछि गाउँ भरिका किसानलाई सजिलाे भएकाे छ ।
वर्ष भरिमा तरकारी बाट मात्र १ लाख भन्दा वढि अाम्दानी गरेकाे बताउने लेखनाथ गौतमकाे घरखर्च पनि सजिलै चलेकाे छ ।
पैँचाे पसलमा उत्पादन ल्याउने र त्यसकाे साटाे दाल चामल चिनी चियापत्ति तेल लगाएतका दैनिक उपभाेगका वस्तु हरु लान पाइने याे सजिलो पैँचाे कार्यक्रम सँग थाेर्गाका सयौँ किसन हरु जाेडिएका छन ।
पैँचाेले गाउँबाटै उत्पादन लान थालेपछि अाफुलाइ व्यवसायीक किसान बनाएकाे ठम्याइ रुरुक्षेत्र ३ का सुकदेव गौतमकाे छ ।बारिमा उत्पादन भएका तरकारीका लागि बजार खाेज्न पनि परेन पैँचाेले सजिलै लान्छ त्यसैकाे साटाे सामान दिन्छ गाउँका किसानलाई साह्रै सजिलाे भएकाे छ गौतमकाे भनाइ छ ।
एक दुई किलाे देखि सयौँ किलाे सम्म तरकारी पैँचाेले खरिद गर्छ ।हरेक विहीवार सँकलन गरिने तरकारी लगाएतका अन्य उत्पादन लिएर ऊाउने किसानकाे पैँचाे पसलमा ताँती लाग्छ ।
मौसम अनुसारका उत्पादनका लागि साेहि अनुसारकाे दर भाउ पैँचाेकाे केन्द्रीय कार्यालयले निर्धारण गरेपछि पैँचाे पसलले त्यहि दरभाउमा किसान सँग उत्पादन खरिद गर्ने गरेकाे पैँचाे पसल थाेर्गाका डिपाे प्रमुख घनस्याम ज्ञवालीकाे भनाइ छ ।
किसानले ल्याएका उत्पादन हरु जाेखेपछि कति छ त्यसकाे अाधारमा बिल काटेर दिन्छौँ त पछि बिल ल्याएपछि त्यसैबिलकाे अाधारमा सामान दिने गरेका छौँ प्रमुख ज्ञवाली बताउनु हुन्छ ।
पैँचाे सबै उत्पादन खरिद गर्छ यहाँ सम्म कि तिहार ताक सयपत्रि र थुँगे फुल सँगै चिउरिका पात त बेँअाेरा समेत किसान बाट खरिद गरेकाे थियाे ।
याे सिजनमा मात्र थाेर्गाबाट लाखौँकाे अकबरे खुर्सानि पैँचाेले लगेकाे छ ।
पैँचाे पसल शुरु भएदेखि यसक्षेत्रका किसान हरुले अाफुले उत्पादन गरेका तरकारी फलफुल हरु सबै बेच्न थालेका छन कसैले उत्पादन गरेका तरकारी फलफुल कसैलाई त्यत्तिकै दिँदैनन र यसकाे कारणले पनि उत्पादन गर्ने प्रतिस्पर्धा चलेकाे रुरु १ च्युरेकका मित्र ज्ञवालीकाे भनाइ छ ।
हुन पनि एक दुइकिलाे तरकारी लगेर बेचे चिनी चियापत्ति अाउँछ गाउँमा गुन लाउन भन्दा अाफ्नाे उत्पादन बाेकेर पैँचाे पसलमा जान्छन किसान हरु ।
थाेर्गमा पैँचाे कार्यक्रम शुरु पाँच वर्ष पुगेकाे छ र याे अवधिमा थाेर्गेली किसान हरु स्वाबलम्बि मात्र हाेइन पुर्ण रुपले व्यवसायीक बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार