पौष-५ पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाल्पा जिल्लाको रम्घा गाउँपालिका वडा नम्बर ३ अगाहखोला स्थित बुटवल देखि स्याङ्जा तर्फ जादै गरेको बा ५ ख ९१५३ नम्बरको टिप्पर सडक बाट १०० तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते हुनेहरुमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षका सुनिल सुनार र ज्ञान बहादुर बिक रहेका छन् । घाइते हरु मध्ये ज्ञान बहादुर बिकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो। हाल घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको छ। दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post