पौष -५ स्याङ्जामा सामान्य विवाद हुँदा कोदालो प्रहार गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ५ आग्रीडाँडाका रेशम राना रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार दिउँसो १२:१५ बजेको समयमा हरिनाश गाउँपालिका वडा नम्बर ५ आग्रीडाँडामा सामान्य विवाद हुँदा स्थानीय रेशम रानाले कोदालो प्रहार गरि १४ वर्षका शेर ब. थापाको हत्या गरेको आरोपमा रानालाई पक्राउ गरिएको हो। आरोपित रानालाई पक्राउ गरि प्रारम्भिक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
Discussion about this post