पौष -७ पछिल्लो समयमा जन्मदिनलाई विशेष महत्त्वका साथ लिने गरेको पाइन्छ । नेपाली समाजमा पनि आधुनिकताको प्रबेश भए सँगै जन्म दिन मनाउने क्रम पनि बढ्दै गएको छ। केहीले जन्म दिनलाई फरक शैलीबाट पनि मनाउन थालेका छन् । जन्म दिन मनाउने फरक शैलीलाइ अंगिकार गर्दै कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कराङ्दीका सन्तोष सिंह रानामगरले पौष ७ गते परेको आफ्नो जन्म दिनको अवसरमा दुई जना मृगौला पीडितलाई सहयोग गरेर मनाएका छन् । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ मा गाउँले कटेज सञ्चालन गर्दै आएका रानामगरले मृगौला पिडितका उपचारमा सहज होस भनी मानवीय नाताले आफूले रु ५ हजार सहयोग गरेको जानकारी दिनुभयो । मृगौला रोगको उपचारका लागि ठूलो धनराशिको आवश्यकता पर्ने भएकोले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ ठूलो लुम्पेक चेहेमी निवासी यमकला सिंजालीलाई रु २५०० र कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडका धन बहादुर दर्लामीका लागि रु २५०० गरि रु ५ हजार प्रदान गर्नुभएको बताउनु भयो। जन्म दिनको उपलक्ष्यमा खर्चिलो पार्टी गरेर जन्म दिन मनाउनुको साटो यसरी मृगौला पीडितहरुलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाउन पाउदा खुसी लागेको रानामगरले बताउनु भयो। आफूले प्रदान गरेको उक्त सहयोग रकम श्री कोटाकोट आधारभूत बिद्यालयका शिक्षक किसान गाहा मगरलाई हस्तान्तरण गरिएको र सो रकम गाहा मगर मार्फत पीडित सामु पुर्याइने समेत रानामगरले जानकारी दिनुभयो। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का धन बहादुर दर्लामीको हाल दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेकोले काठमाडौ शिक्षण अस्पताल र बनस्थलिमा अवस्थित किड्नी सेन्टरमा उपचार भैरहेको छ। मृगौला पीडित दर्लामी मगरललाई सहयोग गर्नका लागि ग्लोबल आइएमइ को खाता नम्बर O६०७०१०००१६४० मा रकम जम्मा गर्न सकिनेछ । यस्तै गरि सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमी निवासी यमकला सिंजालीको हाल भैरहवामा उपचार भैरहेको छ। उहाँलाई सहयोग गर्न इच्छुक माहानुभावहरुले NMB बैंकको खाता नम्बर ०७८०१४३१५८४०००१६ मा रकम जम्मा गर्न सक्नु हुने छ।
Discussion about this post