पाल्पामा एक जना पुरुष आफ्नै घर अगाडि मृत अवस्थामा भेटिए

12
SHARES
104
VIEWS

पौष -७ पाल्पामा एक जना पुरुष आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार आज बिहान ६ बजेको समयमा बगनासकाली गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने २९ वर्षका संजय पहारी घर अगाडिको बलेन्द्रीमा मृत अवस्थामा फेला परेका थिए। पहारीको मृत्युको कारण भने खुल्न नसकेको सूचना अधिकारी पचभैयाले जानकारी दिनुभयो। घटना स्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार