समाजसेवी पौडेलद्वारा धार्मिक संस्थालाई कम्पुटर र प्रिन्टर प्रदान

13
SHARES
108
VIEWS

पौष -७ सुचना र सञ्चारको पहुँचलाई बिश्वभर फैलाउन विभिन्न मिडिया , पत्र-पत्रीका ,अनलाइन खबर र विभिन्न धार्मिक सञ्चार माध्यमहरुले अभियानकै रुपमा लिइ काम गरेका छन् । यसै अभियान अन्तर्गत २०७१ बैशाख २६ गते नेपालकै चार मध्येको एक धाम रुरु क्षेत्र धाम रिडीमा धार्मिक स्थलहरुलाई संरक्षण गरौ र पर्यटन आवागमनमा वृद्धि गरौ भन्ने मूल नाराका साथ रुरु धार्मिक सेवा सञ्चार प्रालिको स्थापना गरिएको हो । स्थापना काल देखि नै नेपालमै पहिलो पटक भजन प्रतियोगिता देखि बृतचित्र निर्माण कार्य समेत यो संस्थाले सम्पन्न गरिसकेको छ। यस संस्थालाई जिवन्त राख्न विभिन्न दान-दाताहरुले सहयोग प्रदान गर्दै आउनु भएको छ। पछिल्लो समयमा फ्री वाइफाइ सेवा देखि कार्यलयलाई आवश्यक पर्ने सामग्री प्रदान समेत मनकारी दाताहरुबाट हुँदै आएको छ। यसै क्रममा लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयका स्वकीय सचिव यदु ज्ञवालीको विशेष पहलमा रुरु धार्मिक संस्थालाई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ३ ठुला पोखरा हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सामाजिक पथ निवासी समाजसेवी तथा सामाजिक अभियानता ज्ञान प्रसाद पौडेलले स्व. माता रेवति देवि पौडेलको स्मृतिमा एक सेट कम्पुटर र एक थान प्रिन्टर पठाउनु भएको हो। उहाँले यति मात्र नभई आगामी दिनमा धार्मिक संस्थालाई आवश्यक पर्ने थप सामाग्री उपलब्ध गराउने बताउनु भयो । प्रदान गरिएको सामग्री रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ कार्यलयमा औपचारिक कार्यक्रमका साथ वडा अध्यक्ष रामलाल बिक, वडा सचिव गोविन्द प्रसाद पौडेलले संस्थाका अध्यक्ष तथा पत्रकार चुरामणी तिमिल्सिना लाई हस्तान्तरण गर्नु भयो। हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बिकले यो प्रालि एकल नाममा दर्ता भएपनि सबै कार्यक्रमहरु समाजमुखी तथा सेवा मुलक कार्य गरिरहेको देख्दा अन्य धार्मिक संस्थालाई यस प्रालीले चुनौती दिदै आएको बताउनु भयो। बिकले यस प्रालीले हषीकेश मन्दिर परिसर र प्रालिको आफ्नै कार्यलाईलाई फ्री ईन्टरनेट सेवा कुनै बेला बखतमा बन्द हुने अबस्था भएमा आफ्नो तर्फबाट दुबै वाइफाइ सेवालाई आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो । यता सामग्री ग्रहण गर्दै अध्यक्ष तिमिल्सिनाले सबै दान दाताहरुको सहयोगबाट हाल सम्म आफ्नो कार्यलय सञ्चालन भैरहेको जानकारी गराउदै केहि दिनमै कार्यलयमा सामग्री सुरिक्षत राख्नको लागि दाताकै सहयोगमा सिसि केमरा जडानकार्यको अभियान पनि अन्तिम चरणमा पुगेको जानकारी गराउदै दान दाताहरु प्रती धन्यवाद दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार