बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

13
SHARES
106
VIEWS

पौष -८ बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीया पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलबार राति १२:५ मिनेट जादा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो। उपचारका लागि पौष ४ गते बुटवल कोरोना विशेष अस्पतालमा भर्ना भएका मृतक पुरुषमा मङ्सिर २६ गते नै कोरोना संक्रमणको पुष्टि भएको डा. थापाले जानकारी दिनु भयो। मृतक पुरुषको अन्त्येष्टि नेपाली सेनाद्वारा गरिने अस्पताल स्रोतले जनाएको छ। संक्रमितमा उच्च रक्तचापको समस्या रहेको थियो। घर छोडेर कतै नगएका मृतक पुरुषमा घरमै बसिरहेको बेला अचानक ज्वरो आए पछि स्थानीय मेडिकलमै उपचार गरिएको थियो । थप उपचारका लागि बुटवल लगिएको र मङ्सिर २६ गते उहाँमा कोरोना संक्रमणको पुष्टि भएको थियो जानकारी वडा नम्बर ४ का वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार