समाजसेवी पाण्डेद्वारा दुई बिद्यालयहरुलाई कुर्ची प्रदान

16
SHARES
131
VIEWS

चुरामणी तिमिल्सिना पौष -८ गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाका सामाजिक अभियानता तथा जनता माध्यमिक बिद्यालय अस्लेवाका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पान्डेले दुई बिद्यालयलाई ५० थानका दरले १०० थान कुर्ची प्रदान गर्नु भएको छ । राम माद्यामिक बिद्यालयको पूर्व प्रधानाध्यापक र जनता माध्यमिक बिधालयको विशिष्ट चन्दादाता तथा समितिको अध्यक्ष पदमा रहेकोले बिद्यालयलाई जिन्सी सामग्री प्रदान गरेको पान्डेले जानकारी दिनु भयो । समाजसेवी पाण्डे यसै जनता माध्यमिक बिद्यालयमा पटक-पटक गरि ४ पटक सम्म अध्यक्ष पदमा रहेर काम गर्दै आउनु भएको छ । यता बिद्यालयलाई मात्र नभई राम मन्दिर रुद्रबेणी धाममा पनि २ कोठे भवन निर्माण गरि समितिलाई जिम्मेवारी प्रदान गर्नु भएको छ । यस्तै मानव सेवा आश्रम बुटवलमामा पनि सहयोग प्रदान गर्दै आएको बताउनु भयो । यस बिद्यालयमा अवको समयमा आधुनिक प्राबिधिक कक्षा सञ्चान गर्न प्रदेशमा उहाँले खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै प्रधानाध्यापक युगराज पाण्डेले धन्यवाद व्यक्त गर्नु भयो। यता यसै बिद्यालयमा अध्ययनरत अति बिपन्न, गरिब, असाय बर्गका विद्यार्थीको लागि बिद्यालयले कार्यक्रमको नामै उल्लेख गरि प्राइम कमर्सियल बैकमा समेत खाता सञ्चालन गरेको र सहयोग आउने कार्यक्रम निरन्तर भैइरहेको कार्यक्रमका अभियानता तथा शिक्षक बिष्णु प्रसाद पान्डेले जानकारी दिनु भयो। पान्डेले यो अभियानबाट यस कोषमा २० लाख सम्म जोड्ने र यसै बाट बिपन्न परिवारका लागि कार्यक्रम अगाडी बढाउने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार