रुरुमा राष्ट्रिय परिचयपत्र दर्खास्त फारम भर्नेहरुको सङ्ख्यामा वृद्धि

12
SHARES
100
VIEWS

चुरामणी तिमिल्सिना पौष -८ रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ रिडी गुल्मीमा सञ्चालन भैरहेको राष्ट्रिय परिचय पत्र दर्खास्त फारम भर्न आउनेको संख्यामा वृद्धि भएको छ । पौष २ गतेबाट वडा कार्यलयमा बसेको शिविरले आजसम्म झन्डै १ हजार जनाको फारम अनलाइन गरेको शिविरमामा खटिएका रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा रुजु अधिकारी रोहित भन्डारीले जानकारी दिनुभयो। यो शिविरलाई भट्कुवा र थोर्गामा पनि सञ्चालन गरिने वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो । बिचमा बाकी रहेका र समाबेश हुन नसकेकाले पछी जिल्लाबाट पनि आवेदन सकिने वडा सचिब गोबिन्द प्रसाद पौडेलले जानकारी दिनु भयो। शिविर सञ्चालनमा झन्डै १० जना खटेको वडा अध्यक्ष बिकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार