पौष -९ स्याङ्जामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा फेदीखोला गाउँपालिका वडा नम्बर १ कि ७४ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य कार्यलय पोखराले जनाएको छ।पुस ५ गते कोरोना संक्रमणको पुष्टि भएको महिलाको बुधबार बेलुका ८:२० पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मृतक महिलामा कोभिड न्योमोनियाको समस्या रहेको थियो। यो संगै स्याङ्जामा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
Discussion about this post