चुरामणी तिमिल्सिना पौष -१० रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादी गुल्मीमा औपचारिक कार्यक्रमका साथ ग्वादी स्वास्थ चैकी भवनको वैदिक विधि सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकन्ठ गौतमले शिलान्यास गर्नु भएको छ। नेपाल सरकारको मापदन्ड अनुसार निर्माण गर्न लागिएको स्वास्थ चौकि भवनको निर्माण जिम्मा तम्घास स्थित कृष्ण कन्स्ट्रक्सन प्रालिले लिएको हो । भवन सम्पन्न गर्न प्रालिले ९१ लाख ९२ हजारमा ठेक्का सम्झौता गरेको हो। लाग भवनलाई २०७८जेष्ठ ५ गते सम्पन्न गरि समितिलाई बुझाउने प्रालिका प्रमुख मोहन प्रसाद पान्डेले प्रतिबद्धता जनाउनु भयो। साथै स्वास्थ्य चौकिका उपाध्यक्ष देब्रेन्द्र मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्त , प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारी कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको । यस्तै वडा सदस्य भुवन बराल , रिता बराल, शोभराज रेगामी ,ग्वादी माविका प्रधानाध्यापक चुरामणी बराल , जग्गादाता हरिहर ज्ञवाली , विभिन्न राजनीतिक दलका प्रतिनिधि , पत्रकार, महिला समूह स्वास्थका कर्मचारी , सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै जग्गादाता ज्ञवालीले ५ रोपनी जग्गा आफ्ना स्व. पिता नरिनारायण ज्ञवालीको सम्झना गर्दै स्वास्थ्य चौकी भवन बनाउन आफुले प्रदान गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले स्वास्थ्य सेवा जस्तो भवन भनेकै समयमा सम्पन्न गर्न आग्रह गर्दै अवका केही बर्षमा स्वास्थ्यका अधिकांश समस्या सजिलै समाधान गर्न आफूहरु पालिकको सबै सिङ्गो टिम लागिपरेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष घनश्याम अर्यालको थियो भने सञ्चान स्वास्थ्य प्रमुख राजेश कुमारले गर्नुभएको थियो।
Discussion about this post