स्याङ्जामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते

13
SHARES
107
VIEWS

स्याङ्जा -११ स्याङ्जामा आज दिउँसो बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । पुतलीबजार नगरपालिका वडा नं. -११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा अर्जुनचौपारीबाट आउँदै गरेको ना. ५ ख. ५१३९ नं.को बस र पोखराबाट वालिङ तर्फ जाँदै गरेको लु. १ ख. ६५९४ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा वस र ट्रकमा सवार १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। घाइतेहरु मध्ये १२ जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भईरहेको र ५ जनालाई थप उपचारको लागि GMC पोखरामा रिफर गरेको सूचना अधिकारी अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। दुर्घटनामा परि घाइते हुनेहरुको विवरण यश प्रकार रहेको छ।

१)जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. २ बस्ने वर्ष ३८ को घमनसिङ गुरुङ,मुखमा चोट,अवस्था मध्यम, ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर ,

२)ऐ. वडा न.३ घर भई हाल पोखरा  बस्ने वर्ष ३५ की जमुना काफ्ले,दाहिने आखा माथि चोट,दाहिने खुट्टमा भित्री चोट,अवस्था मध्यम ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर,

३)जिल्ला पर्वत महासिला गा.पा. ५ घर भई सोही वसको सह चालक काम गर्ने वर्ष २८ को अमृत वि.क.,टाउकोमा भित्री चोट,मध्यम, ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर,

४) ट्रक चालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष ४३ को खुम व.दंगाल,दाहिने खुट्टामा चोट,अवस्था मध्यम । ऐ. १६४५ बजे  GMC पोखराको लागि रिफर

५) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ४  बस्ने वर्ष ६८ की जमुना गुरुङ,मुखमा चोट अवस्था मध्यम ऐ. १६४५ बजे  GMC पोखराको लागि रिफर

६)ऐ. ६ बस्ने वर्ष ६३ की तुलसी काप्ले दाहिने कोखामा भित्री चोट अवस्था मध्यम , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

७) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५६ को सालिग्राम सुनार,मुख र खुट्टामा चोट,अवस्था सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

८)ऐ. ऐ. वस्ने वर्ष ५० की उमादेवी सुनार,टाउकोमा सामान्य चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

९) जिल्ला पर्वत महासिला गा.पा २ पर्वत वस्ने वर्ष ३० की चेत कुमारी नेपाली दाहिने खुट्टामा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१०) जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ७६ को रुम व.गुरुङ,दाहिने आखा मुनी सामान्य चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

११) जिल्ला स्याङ्जा पुतली वजार ११ वस्ने वर्ष ८३ को शेषकान्त अर्याल,दाहिने खुट्टमा चोट,सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१२)जिल्ला पर्वत माहाशिला गा.पा. ५ बस्ने वर्ष १८ को सागर गैरे ,मुखमा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१३) जिल्ला स्याङ्जा अर्जुनचौपारी २ बस्ने वर्ष ४७ को प्रितमसिङ गुरुङ,मुखमा चोट,सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१४) ट्रक  सहचालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष वर्ष १९ को बसन्त कुवर,मुखमा चोट सामान्य ,जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१५)जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ६३ को मन व.घले,खुट्टामा चोट सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१६)ऐ. पुतली वजार न.पा. १ बस्ने वर्ष ३२की भगवती पौडेल,दाहिने खुट्टामा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१७) जिल्ला पर्वत महासिला २ बस्ने वर्ष ५० की हिम कुमारी गुरुङ मुख खुट्टमा चोट सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

बस र ट्र्कलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सडक एकतर्फी सञ्चालनमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार