पाल्पाको एक घरमा चोरीमा संलग्न एक जना पक्राउ

13
SHARES
107
VIEWS

पौष -१२ पाल्पामा प्रहरीले एक घरमा चोरीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। गत शुक्रबार तानसेन नगरपालिका वडा नम्बर १ स्थित टेक बहादुर गाहामगरको घरमा रहेको दराजबाट नगद रु १ लाख ५० हजार चोरी भएको थियो। चोरीमा संलग्न रहेको व्यक्तिको खोजबिन गर्ने क्रममा तानसेन नगरपालिका वडा नम्बर -४ बस्ने सन्दीप बुढाथोकीको संलग्नता रहेको खुल्न आएकोले बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनु भयो। नगद सहित आरोपित बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेको पचभैयाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार