मन्त्री अर्यालद्वारा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण

13
SHARES
106
VIEWS


पुस -१२
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मौजुदा मन्त्रिपरिषदमा नयाँ नौ सदस्य थप गर्नुभएको थियो भने केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको थियो। नयाँ जिम्मेवारी पाउनु भएका मन्त्रीहरु मध्ये भूमि ,व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालय सम्हाल्दै आउनुभएका मन्त्री पद्माकुमारी अर्याललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको थियो । प्रधानमन्त्रीद्वारा मन्त्रालय तोकिए बमोजिम आज मन्त्री पद्माकुमारी अर्यालले भूमि , व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयबाट बिदा भएर कृषि तथा पशु पन्छी विकास मन्त्रालयमा कार्य भार सम्हाल्नु भएको छ। पदभार ग्रहण गर्ने क्रममा बोल्नु हुँदै मन्त्री अर्यालले प्रधानमन्त्री कृषि आधुनिकिरणको कार्यक्रमलाई गेम चेन्जर कार्यक्रमको रुपमा व्यापक बनाइने र
रापसायनिक मल वितरणलाई सहज बनाउन प्रत्येक प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारण स्थापना गर्ने आफ्नो मुख्य उदेश्य रहेको बताउनुभयो । साथै मन्त्री अर्यालले कृषि तथा पशु पन्छी विकास मन्त्रालय कृषकहरुको अभिभावक रहेको र उखु किसानहरुको पसिनाको मूल्यको सम्बोधन गर्न समन्वय गर्ने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार