पौष -१३ जिल्ला प्रहरी कार्यलय स्याङ्जाले ७५ थान अवैध सालको काठ वरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जि.स्याङजा गल्याङ न.पा.९ चितडाँडा बस्ने सागर खनालको फर्निचरमा लुकाई छिपाई राखेको अबैध काठ बरामत गरेको हो। अवैध सालको काठ गोलिया १० थान,चिरेको १९ थान र ऐ. वाड नं. ९ साङलिया स्थित बाटोमा वेवारिसे अवस्थामा सालको चिरेको १४ थान र गोलिया ३२ थान गरी जम्मा थान ७५ ( जम्मा १०७.२१ क्यू.फिट) फेला परेको हुँदा बरामद गरी मिति २०७७।०९।१३ गते आवश्यक कारवाहीको लागी प्र.चौ. गल्याङ स्याङ्जाको च.नं. १५३ को पत्र साथ सव डिभिजन बन कार्यालय गल्याङ स्याङ्जा पठाउने तर्फ आबश्यक पहल भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।
Discussion about this post