स्याङ्जामा दुई केजी गाँजा सहित एक जना पक्राउ

12
SHARES
100
VIEWS

पौष -१४
स्याङ्जामा प्रहरीले दुई केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला बेनौली गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २० वर्षका मिर हसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। प्रबक्ता अधिकारीका अनुसार सोमबार दिउँसो ३:५० बजेको समयमा विशेष सूचनाको आधारमा स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडामा दुई केजी गाँजा प्लाष्टिकको बोरामा गाँजा बोकी हिडेको अवस्था पक्राउ गरिएको हो। पक्राउ परेका अन्सारीबाट गाँजा बरामद गरि लागू औषध सम्बन्धि मुद्दा  दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार