गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
107
VIEWS

पुस -१४
गण्डकी प्रदेशमा आज २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४३६ ओटा नमूना परिक्षण गरिएकोमा २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये सवै भन्दा बढी कास्कीका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने अन्य एक जना बाग्लुङ जिल्लाका रहेका छन् । आज थप २६ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १४ हजार ४ सय ४७ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९१ पुगेको छ । प्रदेशमा हाल १०३७ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् भने १३ हजार ११९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार