पैचो पसल प्रालि सातौ वर्षमा प्रबेश

14
SHARES
115
VIEWS

चुरामणी तिमिल्सिना
पौष -१५- गुल्मी जिल्लाको रिडीमा अवस्थित पैचो पसल प्राली आज बाट ७ औ बर्षमा प्रवेश गरेको छ। ६ बर्ष पूरा गरि ७ बर्षमा प्रवेश गरेको अबसरमा प्रालिले आफ्ना विभिन्न शाखा कार्यलयहरुमा विविध कार्यक्रम आयोजना गरेको हो । यस्तै गुल्मीको रिडी र पाल्पाको अर्गली, प्रशोधन केन्द्रको संयुक्त आयोजना औपचारिक कार्यक्रम गरि मनाएको हो। प्रालिले हषीकेश मन्दिर परिसर, बसपार्क क्षेत्र ,आफ्नो कार्यलय परिसरमा सरसफाइ ,गायात्री गुरुकुलका २५ जना बटुकलाई ट्र्याकसुुट, मानव कल्याण वृद्धा आश्रममा रहेका ३० लाई खाद्य सामग्री वितरण गरेको पैचोपसल प्रालिका निर्देशक धुर्ब न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा ३०० जना कर्मचारी मध्ये दुर्गा ज्ञवाली यस बर्षको उत्कृष्ट कर्मचारी भइ सम्मानित हुनु भएको छ । पैचोलो यसै कार्यक्रममा अन्य शाखामा राम्रो काम गरेको भन्दै रिडी बाट आशा खासु अर्गलीबाट पुस्पा रेग्मी प्रशोधनकेन्द्रबाट सुरेश थापालाई सम्मानित गरेको हो । बर्ष दिनभरी पैचो पसललाई तरकारी जन्य सामग्रीहरु उपलब्ध गराएबापत रिडीबाट फर्सु नेपाल ,राजन जबरा पाल्पा अर्गलीबाट अर्जुन राना लगायतलाई सम्मान गरेको । रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियोे ।कार्यक्रममा बोल्दै प्रमुख अथिती बिकले प्रालिको नाम भएपनि जनतामुखी भएको, यो पसलले समग्र कृषकको हक हितमा काम गरिरएको समाजसेवामा निरन्तर लागि रहेको हुँदा आफ्नो तर्फबाट यस प्रालीको बिस्तारामा निरन्तर लाग्ने प्रतिबद्धता जनाउदै शुभकामना दिनु भएको थियो , कार्यक्रममा सामाजसेवी रणबहादुर राणा, गुरु प्रसाद ज्ञवाली , जीवन कुमार कसजु सोभित थापा, पत्रकार चुरामणी तिमिल्सिना, महिला समूह सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो । प्रालिका उद्योग प्रमुख रवि न्यौपानेले पैचो पसल प्रालिले गरेका कामको बिषयमा चर्चा गर्दै किसान तथा कर्मचारी बर्गप्रती धन्यवाद प्रकट गर्नु भएको थियो। कार्यक्रममा पसल आसपासका परिवार, आमन्त्रित अतिथि , कर्मचारी बर्ग हरुलाइ मायाको चिनोको रुपमा आफ्नै उत्पादन पैचो अचार ,सस, जाम सिन्की लगायत वितरण गरिएको थियो। कार्यक्रम सञ्चालन उत्पादन केन्द्रका प्रमुख प्रकाश थापाले गर्नु भएको थियो। यस्तै पैचोले आफ्ना विभिन्न शाखामा फरक-फरक कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार