गुल्मीमा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट

11
SHARES
94
VIEWS

पौष -१५
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा आज बेलुका आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएको छ । आगलागीमा परि घरमा रहेका अन्नपात , लत्ताकपडा , भाडावर्तन ,नगद र अन्य महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले जानकारी दिनु भयो। स्थानीय विष्णु वहादुर राना र करसिंह राना मगरको घरमा कोहि नभएको बेला आगलागी भएकोले घरमा रहेका कुनै पनि सामग्री निकाल्न नसकिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष देवि प्रसाद न्यौपानेले जानकारी दिनु भयो। आगलागीमा परि कुनै मानवीय क्षति नभएतापनि गोठमा रहेका वस्तुभाउमा क्षति पुगेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। वडा अध्यक्ष न्यौपानेका अनुसार आगलागीमा परि भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार