बसपार्क निर्माणकालागी निशुल्क जग्गा प्रदान

14
SHARES
115
VIEWS

पौष १५
यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा निर्माण हुन लागेको बसपार्कका लागि स्थानीय दुई दाजुभाइहरुले निशुल्क जग्गा प्रदान गरेका छन् । वसपार्क निर्माणका आवश्यक पर्ने जग्गा स्थानीय राइडाँडा निवासी रन बहादुर सुन्धौली ( थापा ) र गङ्गा वहादुर सुन्धौलीले १२० वर्ग मिटरको जग्गा निशुल्करुपमा प्रदान गरेका हुन् । मिर्मीको मिलन चोक देखि रिडी सम्मको सडक खण्डमाकालोपत्रेको कार्य अन्तिम चरणमा रहेकोले सो क्षेत्रमा दैनिक सञ्चालन हुने बस लगायत अन्य यातायातका साधनहरुलाई पार्किङ सुविधाका लागि बसपार्क निर्माणको तयारी रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शोभिलाल चौतारेले जानकारी दिनुभयो। कम्तीमा पनि दश वटा बसहरु पार्किङ गर्न सकिने क्षमताको बसपार्कको निर्माण गरिने वडा अध्यक्ष चौतारेले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार