स्याङ्जामा प्रहरीद्वारा अवैध सालको काठ बरामद

13
SHARES
109
VIEWS

पौष १६
स्याङ्जामा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। पुस १५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले अवैध सालको ५५ थान गोलिया बरामद गरेको हो। जिल्ला प्रहरी कार्यलय, स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ नगरपालिका वडा नम्बर ११ कामलाङ बगरमा बस्ने होमनाथ अर्यालको जग्गामा अवैध सालको गोलिया ५५ थान र कटान गरी गोलिया नबनाएको रुख -२ वटा ( जम्मा ११८.३२ क्यु फिट) प्रहरीद्वारा फेला पारिएको हो। उक्त काठलाई बरामद गरिएको र काठ तस्करीमा संलग्न व्यक्ति वा समूहका बारेमा थप अनुसन्धानका लागि सव डिभिजन बन कार्यालय गल्याङ स्याङ्जामा पठाईएको सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार