चुरामणी तिमिल्सिना
पौष-१६
गुल्मिको कालीगण्डकी गाउँपालिका दिहिङमा जन्मिएर हाल बुटवलमा स्थायीरूपमा बसोबास गर्दै आउनु भएका सुरज पाण्डेले अस्पताल निर्माणका लागि एक करोड सहयोग प्रदान गर्नु भएको छ। सानै उमेर देखि आफ्ना पिताका कार्यहरुबाट प्रभावित भएर समाजका हरेक कार्यक्रममा अग्रसरता देखाउदै आउनुभएको छ। व्यवसाय सँगसँगै समाज सेवा गर्दै यो उमेर यहाँ सम्म आएको पाण्डेको भनाइ छ । पाण्डेले आफ्ना स्व. हजुर बुवा धनपती पाण्डे र स्व. फुपाजु अनन्त राम भण्डारीको सम्झना गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा १० बिघामा निर्माण हुन लागेको सुबिधा सम्पन्न अस्पताललाई पौष १० गते गौतम बुद्ध सामुदायिक अस्पतालको साधाराण सभामा रु १ करोड सहयोग रकम पाण्डेले हस्तान्तरण गर्नु भएको हो। पाण्डे उद्योगी ,औषधि व्यवसायी र एक दर्जन जति सामाजिक संघ- संस्थाहरुमा निरन्तर आबद्ध हुँदै सामाजिक कार्य गर्दै आउनु भएको छ । खासगरी आफुले कमाएको केही प्रतिशत रकम सामाजिक कार्यमा लगाउने सोचका साथ सहयोग गरेको बताउनु भयो । आजै पाण्डेले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा रुरु धार्मिक सेवा सञ्चार प्रालीबाट सञ्चालन भएको हृषीकेश मन्दिर परिसरमा निशुल्क इन्टरनेट सुविधा का लागि १ बर्षको आवश्यक खर्च रु १८ हजार रुपैया सहयोग समेत प्रदान गर्नु भएको प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणी तिमिल्सिनालाई जानकारी दिनुभयो ।यता अध्यक्ष तिमिल्सिनाले पान्डेलाई टेलीफोन सम्पर्क गरि जन्मदिनको शुभकामना दिदै निशुल्क ईन्टरनेट सुबिधा प्रदान गर्नु भएकोमा धन्यवाद प्रकट गर्नु भएको छ।
Discussion about this post