विष्णु पान्डेय
पाल्पा १७ पौष
जिल्लामै पहिलोपटक अनुसन्धानको क्षेत्रमा काम गर्ने सस्था दलान अनुसन्धान केन्द्रको तानसेनमा शुक्रबार एक कार्यक्रमका विच स्थापना संगसंगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ । अन्तराष्ट्रिय नया बर्षको अबसर पारि आज स्थापना सँगसँगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको हो । राजनितिक रुपमा तटस्थ र मुनाफारहित, प्रजातान्त्रीक ढंगबाट कार्य गर्ने संस्थाका रुपमा उक्त केन्द्र स्थापना गरीएको सस्थाका सचिव माधव गौतमले बताउनुभयो । साथै यस केन्द्रले समसामयिक विषय, घटनालाई छलफल तथा अध्ययन ,अनुसन्धानको विषयबस्तु बनाई ती विषयमा अध्ययन अनुसन्धान गर्ने , सामाजिक ,ऐतेहासिक , पुरातात्विक , वातावरणिय महत्वका क्षेत्रमा खोज अनुसन्धान गर्ने छ ।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराईले जिल्लामै अनुसन्धानमुलक संस्थाका रुपमा स्थापित संस्थाकै सफलताको कामना गदै आगागि दिनमा शैक्षिक, राजनितिक सँगसँगै धार्मिक क्षेत्रमा पनि गहिरो अनुसन्धानमा लाग्न आग्रह गर्नुभएको छ । वर्तमान समयमा अध्ययन अनुसन्धान स्खलित भैरहेको बृला यस केन्द्र विशेष सहयोगि बन्ने बताउनुभयो । कार्यक्रममा त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका सभापति हरिवोल भट्टराई, अनुसन्धान केन्द्रका सल्लाहाकार समितिका सदस्य युवराज पौडेल, पत्रकार विष्णु पान्डेय लगायतले सँस्थाको सफलताको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।
केन्द्रका अध्यक्ष राजिब कुमार शाहाको अध्यक्षतामा चलेको कार्यक्रममा केन्द्रका सदस्य कृष्ण आलेले शुभकामना व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव माधव गौतमले गर्नुभएको थियो । राजीवकुमार शाहाको अध्यक्षतामा केन्द्रले ७ सदस्यीय तदर्थ समिति गठन भएको छ। जसको उपाध्यक्षमा निर्मल खनाल, सचिवमा माधव गौतम, काषाध्यक्षमा टेकराज पन्थी, सदस्यहरुमा क्रमशः कृष्ण कुमार आले, छव बहादुर थापा, शारदा अर्याल रहेका छन् ।
Discussion about this post